काठमाडौं। नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिको कार्यविधि संशोधन र परिमार्जन गरिने भएको छ।
संशोधन र परिमार्जनको मस्यौदा तयार गर्ने जिम्मा समिति सचिवसमेत रहेका अधिवक्ता केशव रिजालले पाएका छन्।
उनले यही फागुन ११ गते बस्ने समितिको बैठकमा मस्यौदा प्रस्तुत गर्नेछन्।
पार्टीको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको आजको बैठकले पार्टीको १३ औं महाधिवेशनको क्रियाशीलय सदस्ता वितरण र नवीकरणसम्बन्धी कार्यविधिलाई संशोधन र परिमार्जन गर्नुपर्ने औचित्य ठहर गरेको हो।
बैठकेले क्रियाशील सदस्यता वितरण र नवीकरणसँग सम्बन्धी गतिविधिबारे जानकारी लिन र तोकिएको समयमा अनिवार्य सम्पन्न गराउन छ जना नेतालाई जिम्मेवारी पनि दिएको छ।
नेता आनन्दप्रसाद ढुङ्गाना र जीवन परियारलाई १ नम्बर र २ नम्बर प्रदेश तथा बागमति र गण्डकी प्रदेशको जिम्मेवारी नेता श्यामकुमार घिमिरे र प्रदीप पौडेललाई दिएको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी नेताहरू कल्याणकुमार गुरूङ र योगेन्द्र चौधरीलाई दिएको छ।
नेताहरूले जिल्ला सभापति, क्षेत्रीय सभापति र मातहत तहको सभापतिसँग सम्पर्क गरी क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी जिल्लाहरूमा भइरहेको कार्य प्रगतिको पछिल्लो अवस्थाको जानकारीसँगै तोकिएको समयमा तोकिएअनुसारको सम्पूर्ण काम गर्न गराउनुपर्ने छ।
प्रतिक्रिया