९ बैशाख २०८२, मंगलबार । April 22, 2025

Uncategorized

प्रधानमन्त्री : मैले ४७ सालमा सूर्य चिन्ह दर्ता गराएको हुँ


८ फाल्गुन २०७७, शनिबार ००:००

0
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सूर्य चिन्ह दर्ता गराएको स्पस्ट पारेका छन्।

१ नम्बर प्रदेशको राजधानी विराटनगर आज आयोजित आमसभालाई सम्बोधन गर्दै उनले एक पटक पनि सूर्य चिन्हमा चुनाव नलडेको व्यक्तिले चुनाव चिन्ह हाम्रो हो भनेर बोल्नुको तुक नभएको स्पस्ट पारेका हुन्।

प्रधानमन्त्री ओलीले भने, “तोकिएकै मितिमा चुनाव हुन्छ, ढुक्क भएर चुनावको तयारी गर्नुस्, सूर्य चिन्ह हाम्रो हुन्छ।”

आत्मविश्वास र दृढताका साथ अघि बढ्न र नआत्ती चुनावमा लाग्न प्रधानमन्त्रीको आग्रह छ।
कसैले भन्दैमा चुनाव चिन्ह अरुको नहुने ओलीको दावी छ।

प्रकाशित : ८ फाल्गुन २०७७, शनिबार ००:००