काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विराटनगरमा आज वृहत आमसभा आयोजना गर्दै छ।
प्रतिनिधिसभा विघटन गर्नुको कारण र निर्धारित समयमै निर्वाचन हुने सन्देश दिन आमसभा गर्ने भएको हो।
प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता सुवासचन्द्र नेम्बाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राईले आमसभालाई सम्बोधन गर्ने छन्।
ओली नेतृत्वको नेकपाले १ नम्बर प्रदेशमा हालसम्मकै सर्वाधिक ठूलो जनसहभागिता सहितको आमसभा गर्न लागेको जनाएको छ।
सरकारले आगामी बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ।
प्रतिक्रिया