१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

सकियो एमिकस क्युरीको राय


७ फाल्गुन २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइ अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी (एमिकस क्युरी) ले राय दिने क्रम आज सकिएको छ।

इजलासले हेर्दाहर्दैमा यही फागुन ११ गतेका लागि पेशी तोकेको छ भने सो दिन निर्णय सुनाउने भन्ने उल्लेख गरेको छैन।

अदालतले सोही दिन निर्णय सुनाउने मिति तय गर्ने छ वा फैसला सुनाउने छ।

वरिष्ठ अधिवक्ता गीता पाठकले आज आफ्नो राय प्रस्तुत गर्दै प्रतिनिधिसभा विघटन गर्ने संविधानमा व्यवस्था नभएको धारणा दिइन्।

नेपालको संविधानले स्पष्ट व्यवस्था नभएको हुनाले विघटनको अधिकार नदिएको उनको राय थियो।

एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र विजयकान्त मैनालीले नेपालको संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई भएको राय प्रस्तुत गरेका छन्।

वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठकले नेपालको संविधानले विघटन गर्ने अधिकार नदिएको राय दिएका छन्।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार ००:००