२८ फाल्गुन २०८१, बुधबार । March 13, 2025

Uncategorized

प्रचण्ड माधव समूह ले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दै


६ फाल्गुन २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ ६ फागुन ।   नेकपा प्रचण्ड माधव नेपाल समूह ले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ ।

संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो ।

मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि प्रचण्ड माधव समूहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ ।

प्रचण्ड माधव समूह संसद विघटनको विरोधमा हाल चौथो चरणको आन्दोलनमा छ ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार ००:००