काठमाडौँ ५ फागृुन । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुदैछ । ‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यवसायीक पत्रकार’ भन्ने नाराका साथ शुरु हुने महाधिवेसनको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको महासंघका सचिव लक्ष्मी पुनले जानकारी दिएकी छिन् ।
महाधिवेशनमा जिल्ला, एसोसियट, प्रतिष्ठान शाखा तथा विभिन्न १० प्रदेश कमिटीका पदाधिकारी सहभागी हुने भएको बताइएको छ ।
आज र भोलि दुई दिन चल्ने महाधिवेसनमा विभिन्न प्रतिवेदनहरु पेश गरी पारित गरिनेछ। महासंघको नयाँ नेतृत्व चयनका लागि भने चैतमा चुनाव हुनेछ। यो पटकदेखि महासंघले प्रत्यक्ष निर्वाचन प्रणलीबाट नेतृत्व चयन गर्नेछ। केन्द्र र विभिन्न तहमा एकैदिन चुनाव हुनेछ।
निर्वाचनमा देशभरका सबै साधारण सदस्यले आफ्नो शाखाबाट मतदान गर्न पाउनेछन्। देश संघीयतामा गएसँगै महासंघले विधान संशोधन गराई प्रदेश संरचना कार्यान्वयनमा ल्याएको छ ।
प्रतिक्रिया