३० आश्विन २०८१, बुधबार । October 16, 2024

मनोरञ्जन

निर्देशक दीपक श्रेष्ठको चलचित्र ‘घिन्ताङ’को शुभमुहुर्त



काठमाडौँ ४ माघ ।  निर्देशक दीपक श्रेष्ठले चलचित्र ‘घिन्ताङ’को शुभमुहुर्त गरेका छन् ।
चलचित्रमा नायक गौरव पहारीको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा नायिका एलिजा गौतम मुख्य भूमिकामा रहनेगरि अनुवन्धित भएकी थिइन् । तर, उनले चलचित्र छाडिन् । उनले छाडेपछि लक्ष्मी बर्देवालाई अनुवन्धित गर्दै चलचित्रको शुभसाइत गरिएको हो ।

नायक गौरव पहाडीले चलचित्रको कथावस्तु अनुसार आफ्नो भूमिका निकै नै चुनौतीपूर्ण रहेको सुनाए । काठमाण्डौ र चित्लाङमा यो चलचित्रको छायांकन हुनेछ । चलचित्रको प्रस्तुतकर्ता राज लामा हुन् ।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार ००:००