३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

समाचार

कांग्रेस केन्द्रीय समिति बैठक पर्सी


३ फाल्गुन २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं। नेपाली कांग्रेसले पर्सी (बुधबार) पार्टीको केन्द्रीय कार्य समिति बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक बोलाएको हो।

केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले गरेको आन्दोलनको समीक्षालगायत विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो।

बैठकमा पार्टीको आसन्न केन्द्रीय महाधिवेशनको विषयमा पनि छलफल हुने बताइएको छ।

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार ००:००