२८ आश्विन २०८१, सोमबार । October 14, 2024

मनोरञ्जन

‘दोहोरी च्याम्पियन’मा प्रथम हुनेले २० लाख पुरस्कार पाउने



काठमाडौँ २ फागुन ।  दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ हुने भएको छ । लोकदोहोरी प्रतिभाहरुका लागि ‘दोहोरी च्याम्पियन’ हुन लागेको गायक बदी पंगेनीले एभरेष्ट वीकलाई जानकारि दिएका छन् ।

नेपाल टेलिभिजनबाट छिट्टै प्रशारण हुने तयारीका साथ यसको डिजिटल अडिसन सुरु भैसकेको छ । लोकगायक बद्री पंगेनी र लोकगायिका प्रिती आले ‘दोहोरी च्याम्पियन’को निर्णायकका रुपमा रहने जानकारि प्राप्त भएको छ ।

‘दोहोरी च्याम्पियन’मा प्रथम हुनेले २० लाख पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः १० लाख, ३ लाख र २ लाख प्राप्त गर्नेछन् । फागुणको तेश्रो साताबाट यो शो टेलिभिजनमा प्रशारण हुनेछ ।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार ००:००