काठमाडौँ ३० माघ । शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान दिने भएका छन् । मृत्युपछि आफूहरुको शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णयमा पुगेको जोशीले बताएका छन्। किस्ट अस्पतालले जोशी दम्पत्तिको निःशुल्क हेरचाह गरिरहेको छ ।
औपचारिक घोषणाका लागि शुक्रबार अपराह्न साढे एक बजे ललितपुर महानगरको कार्यालय पुल्चोकमा कार्यक्रम भएको छ ।
प्रतिक्रिया