काठमाडौँ ३० माघ । तामाङ समुदायको सोनाम ल्होसार पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिएकी छिन् । शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले बहुरंगी संस्कृतिको धनी नेपाल यिनै विभिन्न आस्था र अवस्थाहरुलाई मिलाएर अघि बढ्न सकेको खण्डमा मात्रै राजनैतिक स्थायित्व, दिगो शान्ति, छिटो समृद्धि हात लाग्ने बताएकी छिन् ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमालिइने ग्याल्बो ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा योगदान पुर्याएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
यस्तै सोनाम ल्होसारकै अवसरमा अन्य नेताहरुले समेत सुभकामना शन्देश व्यक्त गरेका छन् ।
प्रतिक्रिया