काठमाडौं। मौसममा आज बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम प्रदेशको कर्णाली, लुम्बिनी, गण्डकी बागमती र प्रदेश नम्बर – १ को पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको हुने सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बाँकी स्थानहरूमा भने मौसम सफा रहने जनाएको छ।
मौसमविद् निराजन सापकोटाले काठमाडौं उपत्यका र प्रदेश नम्बर – २ मा बादल लागेको बताए।
तर, पनि पानी पर्ने सम्भावना कम रहेको बताए।
महाशाखाले उच्च पहाडी र हिमाली क्षेत्रमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि जनाएको छ।
प्रतिक्रिया