२८ फाल्गुन २०८१, बुधबार । March 13, 2025

समाचार

शक्ति प्रदर्शन गर्दै प्रचण्ड – माधव समूह


२८ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं। नेकपाको ‘प्रचण्ड’ – माधव’ समूहले आज भृकुटीमण्डपमा विरोध सभा गर्दै छ।
विशाल शक्ति प्रदर्शनको रूपमा लिएको विरोध सभामा दुई लाख बढी नेता कार्यकर्ताहरू सहभागी गराउने उक्त समूहले जनाएको छ।

विरोध सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ , माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल र केन्द्रीय आन्दोलन संयोजन समिति संयोजक नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सम्बोधन गर्नेछन्।

विरोध सभामा सहभागी हुन देशभरबाट उक्त समूहले पार्टीका नेता कार्यकर्ताहरूलाई काठमाडौं ल्याएको छ।

समूहले सुन्धारा र केशरमहलबाट दुईवटा मूल जुलुस निकाल्ने भएको छ। अध्यक्षद्वयले सुन्धाराबाट निस्किने जुलुसको नेतृत्व गर्ने भएका छन्।

प्रवक्तासमेत रहेका श्रेष्ठ र नेता योगेश भट्टराईले केशरमहलदेखि निकालिने जुलुसको नेतृत्व गर्ने भएका छन्।

यसअघि माघको ९ गते प्रदर्शन गरेको समूहले आज पनि प्रतिनिधि सभा विघटन र संवैधानिक निकायहरूमा संसदीय सुनुवाइ विना सरकारले गरेको नियुक्तीलाई लिएर विरोध सभा गर्न लागेको हो।

प्रकाशित : २८ माघ २०७७, बुधबार ००:००