काठमाडौँ २८ माघ । अछामको साँफेबगर विमानस्थलमा सीता एयरलाइन्सको जहाजले परीक्षण उडान गरेको छ । एयरलाइन्सको विमानले मङ्गलवार साँफेबगर एयरपोर्टमा परीक्षण उडान गरेको सिता एयरलाइन्सले जनाएको छ ।
साँफेबगर–धनगढी उडान सञ्चालनका लागि उडान भरेको एयरलाइन्सले जानकारि दिएको छ । सुदूरपश्चिम प्रदेशको राजधानीसँग सुदूरका पहाडी जिल्लालाई जोड्नका लागि डोटी, अछाम र बैतडीको पाटन लगायतका जिल्लामा आज उडान गरेको सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम भुसालले बताएका छन् ।
प्रतिक्रिया