२८ आश्विन २०८१, सोमबार । October 14, 2024

समाचार

प्रचण्ड माधव समूहले आज दुई लाख कार्यकर्ता उतार्ने दाबी


२८ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ २८ माघ । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड माधव समूह ले आज काठमाडौंमा विरोधसभा गनै भएको छ । भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

विरोधसभामा सहभागी गराउन विभिन्न जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा ओसारिएको छ । विरोधसभामा दुई लाख कार्यकर्तालाई उतार्ने दाबी सो समूहले गरेको छ । संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले आजको जनप्रदर्शन निर्णायक हुने दाबीसमेत गरेको छ ।

प्रकाशित : २८ माघ २०७७, बुधबार ००:००