काठमाडौं। कास्कीको पोखरा महानगरपालिका – १७ सङ्ग्राहलय नजिकबाट एक युवकलाई प्रहरीले विभिन्न लागूऔषधसहित पक्राउ गरेको छ।
सोही ठाउँ बस्ने २३ वर्षीय सुनिक सार्कीलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट प्रहरीले ७ पिस डाइजेपाम, ६ पिस नुर्फिन, ७ पिस फेनारगन र १५ ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको छ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सुनिललाई उक्त लागूऔषध सहित फेला पारपछि पक्राउ गरेको हो।
उनीविरुद्ध प्रहरीले लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालेको जनाएको छ।
प्रतिक्रिया