काठमाडौं। नवलपरासी (पश्चिम) मा ८ वर्षीया बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुस्ता गाउँपालिका – ५ चन्द्रगञ्ज बस्ने १९ वर्षीय दुर्गेश कोहारलाई आज साँझ प्रहरीले पक्राउ गरेको हो।
दुर्गेशले सोही ठाउँस्थित खेतमा लगी बिस्कुटको प्रलोभनमा पारी अप्राकृतिक मैथुन गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उनलाई इलाका प्रहरी कार्यालय बेलटारी र प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ।
प्रतिक्रिया