२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

मुख्य खबर

महाकाली नदीमा फसेका १६ जनाको सकुशल उद्दार


२७ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं। महाकाली नदीमा फसेका १६ जनाको प्रहरीले सकुशल उद्दार गरेको छ।

भीमदत्त नगरपालिका – १२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनालाई आज बिहान प्रहरीले सकुशल उद्दार गरेको हो।

उक्त स्थानमा मलामी गएको अवस्थामा भारतको टनकपुरस्थित एन.एच.पि.सि.द्वारा टनकपुर पावर हाउसको पानी सफाई गर्नको लागि महाकाली नदीमा पानी छाडेपछि पानीको बहाब बढ्न गई उनीहरू नदीको बीच भागको टापुमा फसेका थिए।

नदीको टापुमा फसेको खबरपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरूको सकुशल उद्दार गरेको हो ।

तस्वीरहरू : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको फेसबुकबाट।

प्रकाशित : २७ माघ २०७७, मंगलबार ००:००