२३ माघ २०८१, बुधबार । February 5, 2025

समाचार

नेकपा प्रचण्ड–माधव समूहले अन्तर्राष्ट्रिय समर्थन खोजे


२७ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ २७ माघ ।  प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले अन्तर्राष्ट्रिय समर्थन खोजेको बताइएको छ । चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतन्त्र पक्षधरहरुको समर्थन खोजिएको शीर्ष नेताहरुले बताएका छन् ।

५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूह सडक आन्दोलन गर्दै आएको छ । त्यस्तै भोली नै काठमाडौंमा आमसभा गर्दैछ । त्यसको अघिल्लो दिन अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संसद विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिकै प्रहार भएको बताएका छन् ।

नेपालमा लोकतन्त्रको हत्या भइरहेको भन्दै प्रचण्डले अघि भने, ‘नेपालमा लोकतन्त्रको हत्या भइरहेको छ । लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन हामीलाई चाहियो भनेर औपचारिक अपील गरेका छौं । अलग–अलग भेटेर कुरा गरेका छौं ।’ अन्तर्राष्ट्रिय समुदायसँग छिट्टै संयुक्त छलफलसमेत हुनसक्ने उनले सुनाए ।

प्रकाशित : २७ माघ २०७७, मंगलबार ००:००