काठमाडौँ २७ माघ । भारतको उत्तराखण्डमा बाढीमा परेर ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।
अहिलेसम्म २६ जनाको शव भेटिएको भारतीय सञ्चारमाध्यमले जानकारि दिएका छन् । बाढीमा परेर अझै १७१ जना हराइरहेका छन् । निर्माण भइरहेको सुरुङमा ३० देखि ३५ जना फसेको आशङ्कामा उद्धारको प्रयास भइरहेको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले बताएका छन् ।
सुरुङलाई रातभरि खोल्ने प्रयास गरिए पनि कसैसँग पनि सम्पर्क हुन नसकेको भारतिय संचार माध्यमले उल्लेख गरेका न ।
प्रतिक्रिया