२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

श्री एयरलाइन्सको सोमबार काठमाडौं सुर्खेत परीक्षण उडान


२६ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ २६ माघ ।  निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले सोमबार काठमाडौं सुर्खेत परीक्षण उडान गरेको छ । एयरलाइन्सको ८० सिट क्षमताको क्युआर ८०० जहाजद्वारा उडान परीक्षण गरेको सुर्खेत विमानस्थल प्रमुख उमेश पन्थीले जानकारी दिए । प्रमुख पन्थीका अनुसार सुर्खेती आकाशमा दुईवटा परीक्षण गरिसकेपछि बिहान ११ स् ४० बजे जहाज काठमाडौं फर्किएको छ । पाइलट डीएस थापाको नेतृत्वमा जहाज सुर्खेत आएको थियो ।

एयरलाइन्सको ८० सिट क्षमताको क्युआर ८०० जहाज अवतरणका लागि रनवे उपयुक्त रहको श्री एयरलाइन्सका निर्देशक अनिल मानन्धरले बताए ।

अब नियमित उडान गर्दा कतिसम्म लोडबोक्न सकिन्छ भन्नेबारे एयरलाइन्सका प्राविधिकहरुले अध्ययन गर्ने सुर्खेत विमानस्थल प्रमुख पन्थीले बताए ।

प्रकाशित : २६ माघ २०७७, सोमबार ००:००