१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

पत्रकारको हत्यामा संलग्न फरार एक अभियुक्त १६ वर्षपछि पक्राउ


२६ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ २६ माघ ।  दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । दैलेख प्रहरीले महाबु गाउँपालिका–६, का ६८ वर्षीय जयबहादुर शाहीलाई पक्राउ गरेको हो ।उनलाई खोजतलासका क्रममा दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुप श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पूर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् । बाँकी सजाय दिलाउन उनलाई कारागार चलान गरिएको छ ।१ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी बन्दीप्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थुनामुक्त भई शाही फरार थिए ।

पत्रकार थापा द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका थिए । द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्न वार्ताका लागि भन्दै बोलाइएका उनलाई साबिकको द्वारी गाविस–१, हालको नौमुले गाउँपालिका–३ मा २०६१ साल साउन २७ गते हत्या गरेको थियो ।माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसबेला प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित : २६ माघ २०७७, सोमबार ००:००