१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

Breaking

आजबाट कोभिड–१९ विरुद्धको खोप पत्रकारहरुलाई लगाइदैँ


२६ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ २६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप पत्रकारहरुलाई उपलब्ध गराउने भएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आजबाट पत्रकारलाई लगाउने तयारी भएको हो । आजबाट पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सोमबार आज देखि पाँच दिनसम्म अग्रपंक्तितमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइने जानकारी दिए । खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ ।

स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिका पत्रकारको विवरण मागेको छ र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ । देशभर करिब १३ हजार पत्रकार रहेका छन् ।

प्रकाशित : २६ माघ २०७७, सोमबार ००:००