१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Uncategorized

ओलीले नेतृत्व गरेकै पार्टी आधिकारिक हो : मन्त्री नेम्वाङ


२५ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रधानन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेकै नेकपा आधिकारिक भएको बताएका छन्।

पर्वतको कुश्मा नगरपालिका–३ र मोदी गाउँपालिका–५ बाजुङ जोड्ने आम्बोट खोला मोटरेल पुलको उद्घाटन गर्दै मन्त्री नेम्वाङले निर्वाचन आयोगलेसमेत केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीबाहेक अन्यलाई आफूले नजान्ने बताएकाले भ्रममा नपर्न आग्रह गरे।

उनले प्रधानमन्त्री ओलीले गरेका जनमुखी र मुलुकमा विकास निर्माणले छलाङ मारिरहेको हेर्न नसकेर प्रचण्ड र माधव नेपाल बाहिरिएको बताए।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नै आधिकारिक अध्यक्ष र उनले नेतृत्व गरिरहेकै नेकपा संस्थापन पक्ष भएकाले कोही पनि कार्यकर्ता प्रचण्ड–नेपालको प्रलोभनमा पर्न नहुने बताए।
उनले चुनाव चिन्हकाबारेमा समेत शंका गर्नु नपर्ने बताए।

जो अहिलेसम्म सूर्य चिन्ह लिएर निर्वाचन लडेकै छैन, उसैले सूर्य चिन्ह हाम्रो हो भन्दै हिड्नु हाँस्यास्पद भएको उल्लेख गर्दै आधिकारीक अध्यक्ष जो हो उसैसँग चुनाव चिन्ह रहने बताए।


वि. स. २०७५ पुसदेखि निर्माण शुरु भएको उक्त पुल वि.स. २०७७ असोजमा सम्पन्न भएको थियो । पच्चीस मिटर लामो उक्त पुल चार करोड १७ लाख ६२ हजारमा निर्माण सम्पन्न भएको हो ।


पुल निर्माण पछि दुर्लुङ्ग–बाजुङ सडक बाह्रैमास सञ्चालनमा आउने भएको छ । पुल सडक डिभिजन कार्यालय बागलुङले निर्माण गरेको हो ।

[contact-field required="1" type="name" label="Name"/] [contact-field required="1" type="email" label="Email"/] [contact-field type="textarea" label="Message"/]

प्रकाशित : २५ माघ २०७७, आइतबार ००:००