काठमाडौँ २५ माघ । जनता समाजवादी पार्टी जसपा ले सरकारले यौनजन्य हिंसा नियन्त्रणलाई प्राथमिकता नदिँदा बलात्कारपछि हत्याका घटना बढेको निष्कर्ष निकालेको छ ।
पछिल्लो सिलसिला १७ वर्षीया भागरथी भट्टको हत्या भएको जसपाले जनाएको छ ।
‘राज्य शान्ति सुरक्षा प्रत्याभूत गर्न चुकेको, आपराधिक तत्वहरू दण्डहिनताले उत्साहित भएको र सरकारले यौनजन्य हिंसा विरुद्धको पूर्व उपायलाई प्राथमिकतामा नराखेको प्रष्ट गर्दछ’ जसपा सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया