२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Uncategorized

बाराक ओबामाले तेन्जिङ नोर्गे शेर्पामाथि फिल्म ‘तेन्जिङ’ बनाउने


२५ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ २५ माघ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले तेन्जिङ नोर्गे शेर्पामाथि फिल्म ‘तेन्जिङ’ बनाउने भएका छन् । ‘भल्चर’ वेबसाइटका अनुसार ओबामा दम्पत्तीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पाबारे अमेरिकामा फिल्म बनाउन लागेका हुन्।

ओबामाले केही महिना यता थुप्रै कथाहरू पढ्दै र पटकथाहरू सुन्दै गरेको खबर बाहिरिएको छ। यसैबीच सन् २०२१ मा ओबामाको आफ्नो प्रोडक्सन कम्पनीले नेटफ्लिक्ससँग ६ नयाँ योजना र सहकार्यबारे घोषणा गरेको छ।

बाराक र मिशेल ओबामाको प्रोडक्सन कम्पनी ‘हायर ग्राउन्ड प्रोडक्सन’ लामो समयदेखि मनोरञ्जको दुनियाँमा सक्रिय छन्।

प्रकाशित : २५ माघ २०७७, आइतबार ००:००