२८ आश्विन २०८१, सोमबार । October 14, 2024

Uncategorized

लोकप्रिय गायिका प्राश्ना शाक्यको ‘जय श्री स्वस्थानी माता’ भजन सार्वजनिक ( भिडियो )


२५ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ २५ माघ । हरेक बर्ष पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म नेपाली महिलाहरूले गर्ने श्री स्वस्थानी व्रतको बारेमा लोकप्रिय गायिका प्राश्ना शाक्यले भजन ल्याएकी छिन ।
 अम्बिका शाक्यको शब्द रहेको ‘जय श्री स्वस्थानी माता’  भजनमा किरण कँडेलले संगीत र एरेन्ज  रहेको छ ।प्रज्ञा साउण्ड म्युजिक स्टुडियोमा रेकर्ड भएको उक्त भजनलाई शम्भु कुमार तण्डुकारले रेकर्डिङ गराएका हुन् ।
भिडियोमा प्राश्ना स्वयंले अभिनय गरेकी छिन भने  गायिका प्राश्नासँगै बानिका प्रधान, निशा देशार र अर्पणा श्रेष्ठ लगायतका गायिकाहरु विशेष भुमिकामा देखिएका छन् ।
प्रशान्त क्रियसनको पोस्ट प्रोडक्सनमा बनेको भिडियोमा सीता पराजुलीको मेकअप र प्रशान्त तामांगको निर्देशन रहेको छ ।
भिडियोलाई गायिका प्राश्ना शाक्यको अफिसियल युट्युव च्यानल प्राश्ना शाक्य  मार्फत सार्वजनिक गरिएको हो । ‘जय श्री स्वस्थानी माता’ को भजन हेरेर दर्शकहरुले राम्रो राम्रो प्रतिक्रिया दिएका छन ।

प्रकाशित : २५ माघ २०७७, आइतबार ००:००