२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

Uncategorized

हत्या गरेको अभियोगमा पक्राउ


२४ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ २४ माघ । आफ्नै श्रीमती ४२ वर्षीया हरिमाया पुनको धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-३३ उपल्लो पुँडी बस्ने पर्वत जलजला गाउँपालिका-७ धाईरिङ घर भएका ५० वर्षीय गम बहादुर पुनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

हरिमाया पुन शुक्रबार आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न गम बहादुरलाई पोखरा महानगरपालिका-३३ लामगादीबाट फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

खाना नबनाएको बिषयमा एकआपसमा झै-झगडा हुँदा गम बहादुरले श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।उनी उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित : २४ माघ २०७७, शनिबार ००:००