२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

समाचार

बैतडीको झुलाघाट नाका आज बाट नियमित सञ्चालनमा आउने


२४ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ २४ माघ । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रवार एक सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो।

नेपाल सरकारले नाका सञ्चालनमा गर्ने निर्णयअनुसार नै नाका सञ्चालनको तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताएका छन् । सरकारले यसअघि गएको शुक्रवारदेखि नै बैतडीसहित देशका ३० नाका सञ्चालन गर्ने निर्णय गरेको थियो तर भारतीय पक्षको ढिलाइका कारण एक हप्तापछि नाका सञ्चालनमा आउन लागेको हो ।

लामो समयदेखि नाका खुल्दा सीमावर्ती झुलाघाट बजारका व्यापारी खुशी भएका छन् ।

प्रकाशित : २४ माघ २०७७, शनिबार ००:००