२९ आश्विन २०८१, मंगलबार । October 16, 2024

समाचार

माधवकुमार नेपाल : देशमा खराव स्थितिको सिर्जना गर्ने कारक तत्त्व केपी ओली नै हो


२४ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ २४ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा को प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदममा आफूहरू तमासे नबन्ने चेतावनी दिएका छन् ।

काठमाण्डौमा शुक्रबार पत्रकारसँगको छलफलमा नेता नेपालले कानुन र विधिको शासन कायम राख्न राज्य कब्जामा लिने ओलीको कदमविरुद्ध सशक्त आन्दोलन गर्ने समेत बताएका छन् ।

उनले भने , ‘केपी ओलीले जे–जे गर्छन्, खुरु–खुरु मानेर तमासा हेरेर बस्ने वाला छैनौँ । यो सबै स्थितिको सिर्जना गर्ने कारक तत्त्व भनेको केपी ओलीजी नै हो ।

प्रकाशित : २४ माघ २०७७, शनिबार ००:००