१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

समाचार

प्रधानमन्त्री ओली : सक्कली र मुलधारको नेकपा हाम्रै हो


२३ माघ २०७७, शुक्रबार ००:००

0
Shares


काठमाडौं २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सक्लली नेकपा आफूले नेतृत्व गरेको पार्टी भएको बताएका छन्।

काठमाडौंमा आज आयोजना गरेको विशाल जनसभाले पनि सक्कली नेकपा आफू नेतृत्वको पार्टी नै भएको प्रमाणित गरेको उनको दावी छ।
उनले अब पनि सक्कली र मुलधारको नेकपा कुन हो भनेर अलमलमा पर्न नहुने बताएका हुन् ।
जनसभालाई सम्बोधन गर्दै प्रम ओलीले वर्तमान सरकार सडक, विद्युत, शिक्षा, पर्यटन, कृषि, छिमेकी राष्ट्र चीनसँग गरेको व्यापारिक सम्झौतादेखि नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशनलगायत मुलुकको विकास, समृद्धि र राष्ट्रियतासँग सम्बन्धी कामहरू गरेको उल्लेख गरेका छन् ।
तर, पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले सरकारले काम गर्न नसकेको भनेर कुप्रचार गरेको गुनासो समेत गरेका छन् ।
र, सरकारलाई काम गर्न नदिएर उल्टै घेराबन्दी गरेको र कुर्सीका लागि रडाको मच्चाएको ओलीको भनाइ थियो।
यसपछि उनले लगभग ६ हजार किलोमिटर सडक कालोपत्रे भएको, चार सय बढी सडक पुल निर्माण, त्यति नै सङ्ख्यामा झोलुङ्गे पुल निर्माण, ठूला जलविद्युत परियोजनाहरूको सञ्चालन लगायतका क्षेत्रमा काम भएको पनि उनले बताए।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार ००:००