२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

मुख्य खबर

आफ्नै दाईलाई खुकुरी प्रहार गरेको अभियोगमा एक व्यक्ती पक्राउ


२३ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ २३ माघ ।  आफ्नै दाईलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा कटारी नगरपालिका-६ सोमबारे बस्ने ३० वर्षीय अमर बहादुर बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिवादको कारण मादक पदार्थ सेवन गरी अमर बहादुरले खुकुरी प्रहार गर्दा उनकै दाई ४३ वर्षीय यादव कुमार बिक घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले अमर बहादुरलाई खुकुरी सहित पक्राउ गरेको हो ।

घाइते भएका यादव कुमारलाई कटारी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि न्यूरो अस्पताल बिराटनगरतर्फ रिफर गरिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार ००:००