३० आश्विन २०८१, बुधबार । October 17, 2024

Breaking

प्रधानमन्त्री : आजको भेला इतिहासको ठुलो भेला हो


२३ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौैँमा भएको भेला ईतिहासकै ठुलो भेला भएको दावि गरेका छन् । काठमाडौँको नारायणहिटी दरबार अगाडी भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरैले मान्छे आउन नदिन अनेक उपाय गरेपनि शक्तीको अगाडी सब हार खाएर थाकेको दावि गरे ।

प्रधानमन्त्रीका अनुसार खुट्टा तान्न आउनेहरु आफै लडेर पछाडी परेका छन् । सम्बोधनकै क्रममा ओलीले देश सुरुङमार्गमा समेत प्रवेश गरेको बताएका छन् । उनले अब नेपालको विकास सुरुङमार्गमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले थानकोटबाट नौबिसेसम्मको सुरुङमार्ग निर्माणको काम थालिएको भन्दै छिट्टै सकिने बताएका हुन् ।

ओलीले ३ वर्षमा करिब ६ हजार किलोमिटर सडक कालोपत्रे गरेको पनि बताएका छन् । प्रधानमन्त्री ओलीले २ लेन, ४ लेन र ६ लेनको बाटो बनाएको बताएका हुन् ।

४र४ सय भन्दा बढी पुल र झोलुंगे पुल पनि बनाएको उनको भनाइ छ । ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैनन् भनेर सरकारले काम गरेको उनले भन्दै प्रधानमन्त्री ओलीले सडकमा सडक बालबालिका नरहेको दावी गरे ।

केही दिनभित्रै रेल चल्ने भन्दै भारतसँग रक्सौल काठमाडौं रेलमार्गको लागि सम्झौता भएर डीपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको पनि बताएका छन् । अब देशलाइ ओरालो लाउन चाहानेको हार हुने समेत प्रधानमन्त्रीको दावि छ ।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार ००:००