१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

Breaking

बिहीबारसम्म देशभर १ लाख ५८ हजारभन्दा बढीले खोप लगाए


२२ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं २२ माघ । कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप अभियान अन्तर्गत बिहीबारसम्म देशभर १ लाख ५८ हजारभन्दा बढीले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख ५८ हजार ४८७ जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका छन् ।

प्रदेश १ मा २१ हजार ७५४, प्रदेश २ मा २१ हजार १८५, बागमती प्रदेशमा ५५ हजार ५०४, गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनी प्रदेशमा २३ हजार ७९८, कर्णाली प्रदेशमा ८ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार ००:००