२९ आश्विन २०८१, मंगलबार । October 15, 2024

Uncategorized

हप्की दप्की नगर्न र कानुनको पालना गर्न प्रचण्ड–लाई प्रधानमन्त्रीको आग्रह


२२ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हप्की दप्की नगर्न र कानुनको पालना गर्न आग्रह गरेका छन् ।

नेकपाको प्रचण्ड–माधव समूह नियम तोड्ने, धाकधक्कु लगाउने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिदै हिँडेको उल्लेख गर्दै उहाँले अब ‘कानून मान्दिनँ’भन्ने जमाना गएको टिप्पणी गरेका छन् ।

प्रचण्डले हामी यहाँ छौं भनेर अदालतलाई र निर्वाचन आयोगलाई धम्क्याएको ओलीले टिप्पणी समेत गरेका छन् ।

आमहड्ताल आह्वान गरेर प्रचण्ड माधव समूहले जनतालाई दुःख दिएको र आफूहरु चाहिँ गाडी र मोटरसाइकलबाट जनताले पाएको दुखको तमासा हेर्दै हिँडेको ओलीले आरोप लगाएका छन् । उनले कार्यकर्ता नभई नेताहरु आफैं सडकमा उत्रिएको भन्दै व्यंग्य गरेका छन् ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार ००:००