३० आश्विन २०८१, बुधबार । October 16, 2024

मनोरञ्जन

करिश्मा मानन्धर आज आफ्नो जन्मदिन मनाउँदै


२२ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं २२ माघ । नेपाली चलचित्रकी सदाबहार सुन्दरी करिश्मा मानन्धर आज आफ्नो जन्मदिन मनाउँदैछिन् । नायिका मानन्धर आजबाट ४७ बर्षमा प्रवेश गरेकी छिन् । करिश्माको जन्म सन् १९७४ फ्रेवुअरी ४ मा भएको थियो । नायिका मानन्धरले अभिनयगरेको पहिलो चलचित्र ‘सन्तान’ हो । वि।सं २०४२ सालमा निर्माण भएको यो चलचित्रमा अभिनय गरेपछि करिश्मालाई कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन ।

उनले अभिनय गरेका ‘मायालु, कस्तुरी, ट्रक ड्राइभर, भाउजु, साथी, एक नम्बरको पाखे, बसन्ती, ढुकढुकी, पन्छी, जिद्दी, जिन्दगी’ लगायतका चलचित्र चर्चामा रहे । करिश्माले निर्माण गरेको चलचित्र ‘ढुकढुकी’ले दर्शकको मन जित्यो । तर, चलचित्र ‘बाबुसाहेब’मा घाटा ब्यहोरेपछि भने करिश्मा अमेरिकातर्फ लागेकी थिइन् ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार ००:००