२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

मनोरञ्जन

धुर्मुस र सुन्तली अब फेरि पर्दामा देखिने


२२ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं २२ माघ । सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली अब फेरि पर्दामा देखिने भएका छन् । सिताराम कट्टेल धुर्मुस कै लेखन तथा निर्देशनमा बनिरहेको ‘म त मर्छु कि क्याहो’मार्फत उनीहरु पर्दामा फर्किन लागेका हुन् ।
यो वेव सिरिज हो । जसको छायांकन चितवनका विभिन्न स्थानमा गरिएको छ । यो सिरिजमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, वुद्दि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल लगायतका कलाकारको अभिनय छ ।

चाडै नै आफ्नै युटुब च्यानलमार्फत यो सिरिज सार्वजनिक गर्ने उनीहरुको तयारी छ ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार ००:००