काठमाडौं २२ माघ । नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन बन्द गर्नु परेको बताएका छन् ।
संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड–माधव समूहले आम हड्ताल आह्वान गरेको छ ।
हड्तालको अनुगमनमा निस्किएका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले आफूलाई निरंकुश शासकका रुपमा प्रस्तुत गरेको बताए । शासकको रुपमा केपी ओली प्रस्तुत भएपछि बाध्य भएर आन्दोलन गर्नु परेको नेता नेपालले बताएका छन्
प्रतिक्रिया