१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

Uncategorized

धरानमा प्रदर्शनकारी र मजदुरबीच झडप


२२ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं २२ माघ ।  धरानमा बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच सामान्य झडप भएको छ । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार केही समय विवाद भए पनि पछिल्लो समय अवस्था सामान्य पनि प्रहरीले जनाएको छ ।

धरानमा नै सवारी साधनमाथि ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको उनले बताएका छन् ।

धरानमा अहिले सार्वजनिक सवारी साधन सञ्चालनमा नरहेको उनले बताएका हुन् ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार ००:००