काठमाडौँ २१ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गरेका छन् ।
विवादका बीच संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी थिइन् ।
त्यसको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले भोलि बिहीबार आम हड्ताल घोषणा गरेको छ । कांग्रेस नेता पौडेलले पनि उक्त नियुक्तिको विरोध गरेका छन् ।
प्रतिक्रिया