काठमाडौँ २१ माघ । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको आठौं दिन बुधबारसम्म देशभर १ लाख ४५ हजारभन्दा बढीले खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख ४५ हजार ८४४ जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् ।
प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३, बागमती प्रदेशमा ५० हजार ७५०, गण्डकी प्रदेशमा १६ हजार ४९५, लुम्बिनी प्रदेशमा २१ हजार ४५४, कर्णाली प्रदेशमा ७ हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा १० हजार १ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया