४ जेष्ठ २०८२, शनिबार । May 17, 2025

Uncategorized

रामकुमारी झाँक्रीलाई कारबाही गर्न अनेम संघको माग


२१ माघ २०७७, बुधबार ००:००

0
Shares


काठमाडौँ २१ माघ । अखिल नेपाल महिला संघले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपा नेतृ रामकुमारी झाँक्रीलाई कारबाही गर्न माग गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडेर अत्यन्तै अमर्यादीत अभिव्यक्ति दिएको भन्दै संघले गृहमन्त्री रामबहादुर थापालाई भेटेर कारबाहीको माग गरेको हो।
गृहमन्त्री थापाले कारबाही गर्ने आश्वासन दिएको अनेम संघकी केन्द्रीय सचिवालय सदस्य सरस्वती बस्नेतले बताइन्।

संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि कारबाहीबारे ध्यानाकर्षण गरेको छ।
यही माघको १६ गते गोरखाको सिरानचोक गाउँपालिकामा आयोजित राजनीतिक भेलामा नेतृ झाँक्रीले दिएको अभिव्यक्तिप्रति संघले आपत्ती जनाउँदै कारबाहीको माग गरेको छ।

प्रकाशित : २१ माघ २०७७, बुधबार ००:००