२९ आश्विन २०८१, मंगलबार । October 15, 2024

समाचार

काठमाडौंबाट लागूऔषधसहित चारजना पक्राउ


२१ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं २१ माघ ।  काठमाडौंबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको गौरीघाट बस्ने ४० वर्षीय अम्मर बर्देवा, धादिङको गल्छी घर भई हाल सतुङ्गल बस्ने ३१ वर्षीय राजु अधिकारी, सिन्धुलीको बेलबारी घर भई महाराजगञ्ज बस्ने २३ वर्षीया सबिना कार्की र मकवानपुर घर भई हाल थानकोट बस्ने ४२ वर्षीय कालु गोले रहेका छन् ।

काठामाडौंको गौरीघाट क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले लागूऔषध पोल्याण्ड ३ केजीसहित उनीहरुलाई मंगलबार पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद २० हजार २५० र प्र-०२-०१७प७९५० नम्बरको मोटरसाइकल समेत बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी नायव उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित : २१ माघ २०७७, बुधबार ००:००