काठमाडौँ २१ माघ । संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ ।
प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेर मुलुकमा विधिको शासनलाई चुनौती दिइएकाले बिहीबार आमहड्तालको आयोजना गरिएको नेता शिव कुमार मण्डलले बताएका छन् ।
‘भोलि आमहड्ताल छ, आन्दोलनका अरू कार्यक्रम अपराह्नको पत्रकार सम्मेलनमा सार्वजनिक हुन्छ, यी नियुक्ति तुरून्त फिर्ता नलिए हामीले एक दिन दबाब दिएका हौँ त्यसबाट ब्याक नभए हामी थप कार्यक्रम ल्याउँछौँ,’ मण्डलले भने ।
आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने उनले जनाए ।
पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल नेपाल खेमा तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको छ ।
प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौँमा ‘विशाल जनसभा’ आयोजना गरेको अघिल्लो दिन दाहाल–नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो ।
प्रतिक्रिया