२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Uncategorized

तास खेलिरहेको अवस्थामा पक्राउ


२१ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं २१ माघ । काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २८ हजार १ सय १० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २१ माघ २०७७, बुधबार ००:००