५ कार्तिक २०८१, सोमबार । October 21, 2024

Uncategorized

बिसञ्चोको बहानामा उपराष्ट्रपति आयुक्तहरूको सपथ ग्रहणमा गएनन्


२१ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ २१ माघ । उपराष्ट्रपति नन्दबहादु पुन ‘पासाङ’ संवैधानिक आयोगहरूमा सिफारिस भएका आयुक्तहरूलाई शपथ खुवाउन आज आयोजित विशेष समारोहमा गएनन्।
समारोह राष्ट्रपति कार्यालय शीतल निवासमा भयो।
उनीसँगै विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा पनि गएनन्। यसरी उपराष्ट्रपति पुन र सापकोटा विशेष समारोहमा नजानुलाई पार्टी विभाजन संघारमा पुग्नुसँग जोडेर हेरिएको छ।
सापकोटा सहभागी नभएपनि पुनको सहभागिता अनिवार्य मानिन्छ। पुनका प्रेस संयोजक मनोज घर्ती मगरले बिसञ्चो भएकाले सहभागी हुन नसकेको बताएका छन्।

“उपराष्ट्रपति पुन बिसञ्चो हुनु भएकोले उहाँ जान सक्नु भएन, हिजो राष्ट्रपति कार्यालयदेखि निमन्त्रणा आउँदा नै बिसञ्चो भएको र आउन नसक्ने जानकारी दिनु भएको थियो र उहाँ अहिले आराम गरिरहनु भएको छ।” पुनका प्रेस संयोजक मगरले बताए।

प्रकाशित : २१ माघ २०७७, बुधबार ००:००