काठमाडौँ , २० माघ । ४० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मुगु कार्मरङ्ग गाउँपालिका १ घर भएका ५३ वर्षीय कार्म तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
डोल्पा जिल्लामा आई गाउँघरमा कपडा बिक्री गर्दै हिँड्ने तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लिकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया