काठमाडौँ १८ माघ । खोटाङमा जलेर एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालेको आगो ताप्ने क्रममा खोटेहाङ गाउँपालिका–७ खोटाङबजार धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
लुगाबाट सल्किएको आगोले शुक्रबार बिहान घाइते भएकी अधिकारीको केही समयपछि मृत्यु भएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताएका छन् । उनी गाउँपालिकाभरिकै ज्येष्ठ नागरिक भएको समेत बताइएको छ । ज्येष्ठ नागरिकको आफन्त नभएपछि स्थानीय रामप्रसाद पौडेलको घरमा बस्दै आएकी थिइन् ।
बृद्धावस्थाकी अधिकारी शारीरिक रुपमा अशक्तता भएकाले शरीरमा आगो लागेको हुन सक्ने अनुमान प्रहरीको छ । लुगा डढेको गन्धका आधारमा आफन्तले उनलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए ।
शरीरका अधिकांश भागमा आगोले जलेको थियो । स्थानीय स्वास्थ्यकर्मीले उपचार गर्ने क्रममा उनको मृत्यु भएको डिएसपी चिमोरियाले बताएका छन् ।
प्रतिक्रिया