१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मनोरञ्जन

“सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप” गीतको अवार्ड अनिता गिरिलाई


१८ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ १८ माघ । मोडल अनिता गिरीले सातौं नेशनल क्यापिटल अवार्डमा “सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप” गीतको विधाबाट अवार्ड चुम्न सफल भएकी छन् । उनले ‘लगन जु¥यो’ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी हुन् ।

म्यूजिक भिडियोको दुनियाँमा राज गर्दै गरेकी मोडल अनिता गिरीले चलचित्रमा समेत अभिनय गरिसकेकी छन् । दुई दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी उनले अभिनय गरेको गीत लगन जु¥योबाट अवार्ड चुमिसकेपछि आफूलाई कामप्रति कर्तव्यबोध गराएका उनले बताइन् ।

अझै अभिनयको क्षमतामाथि चुनौति थपिएको बताउँदै उनले अवार्डले हौसला र प्रोत्साहन मिलेको बताइन् ।

उनले अभिनय गरेको गीतहरु माया सजाएर भर्खरै सार्वजनिक भएको छ । जुन गीतमा उनले एरिन तामाङसँग अभिनय गरेकी छन् ।
टीका बमजनको शब्द संगीत रहेको उक्त गीतमा जीवन तामाङ र मेचु धिमालले स्वर दिएका छन् ।

मुलुकभित्र हुने गरेका ब्यूटि प्याजेन्ट कार्यक्रमहरुमा निर्णायकको भूमिका समेत निर्वाह गरिसकेकी मोडल अनिताले विज्ञापनहरुमा समेत अभिनय गरेकी छन् ।

प्रकाशित : १८ माघ २०७७, आइतबार ००:००