२८ आश्विन २०८१, सोमबार । October 14, 2024

समाचार

खानेपानी मन्त्रीले सार्वजनिक कार्यक्रममा ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागे


१८ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ १८ माघ ।  खानेपानी मन्त्री मणि थापाले सार्वजनिक कार्यक्रममा ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन् ।

शनिबार सुर्खेतमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेका थिए ।

उनले आइतबार सामाजिक सन्जालमा स्टाटस राख्दै नेपाल सरकार भन्नुपर्नेमा भूलबस अन्यथा शब्द प्रयोग हुन गएको भन्दै क्षमा मागेका छन् ।

पूर्वमाओवादी नेता मणि थापा हाल ओली समूहमा लागेर खानेपानी मन्त्री बनेका छन् ।

प्रकाशित : १८ माघ २०७७, आइतबार ००:००